एकैदिन ९५ सयले घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।गत शुक्रबार भने एक तोला सुनको मूल्य ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »