बाढीपीडितलाई सहयोग गरेको भन्दै च्याटजिपिटीबाट नक्कली भौचर बनाउने पक्राउ

बाढी प्रभावितका लागि राहत रकम सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गर्ने एक युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा भौचर पोस्ट गरेका थिए। अनुसन्धानका क्रममा उक्त भौचर वास्तविक नभई च्याटजिपिटीको प्रयोग गरेर नक्कली स्टेटमेन्ट तयार पारिएको खुलेको प्रहरीले जनाएको छ।

कार्कीले आफूले राहत कोषमा रकम सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा आफ्नै क्यूआर कोडसमेत पोस्ट गरेको प्रहरीको भनाइ छ। सोही माध्यमबाट ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका कार्कीमाथि ठगीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »