बाढीमा बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको शाखाबाट करिब डेढ करोड रुपैयाँ नगद र अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीका अनुसार निरन्तर करिब आठ घण्टाको प्रयासपछि कृषि विकास बैंकको त्रिशूली–ढुंगे शाखाबाट नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको हो।

बाढीका कारण बैंकको शाखा जोखिममा परेपछि सुरक्षाकर्मीले निरन्तर प्रयास गरी बैंकमा रहेका महत्वपूर्ण सम्पत्ति तथा कागजात सुरक्षित स्थानमा पुर्‍याएका हुन्।

प्रहरीले बैंकबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »