भोटेकोसी बाढी : एक हजार २२२ शव फेला

रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ ।

३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको हो ।

हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६५५ डीएनए संकलन गरिएको छ ।

बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »