सुन फेरी ७६ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

१० ग्राम चाँदीको मूल्य आज ४ हजार ५१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »