
प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुखसँग समयका लागि अनुरोध गरेका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, जनेजी आन्दोलन लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ ।
संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ।
