
चितवन — भरतपुर महानगरपालिका–१६, सेतीबेनी वन झन्झने र वडा नं १७ गोब्रेनीमा बाढीबाट प्रभावित स्थानीयलाई वैदिक आयुर्वेद सेवा प्रा.लि.ले राहतस्वरूप भोजन वितरण गरेको छ।
बाढीका कारण बस्तीमा पानी पस्दा स्थानीयको दैनिक जनजीवन तथा जीविकोपार्जन प्रभावित भएपछि प्रभावित परिवारलाई लक्षित गरी भोजनको व्यवस्था गरिएको हो। विपद्को समयमा समस्यामा परेका नागरिकलाई तत्काल राहत पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वैदिक आयुर्वेद सेवा प्रा.लि.ले जनाएको छ।
संस्थाका प्रबन्ध निर्देशक चक्रपाणी न्यौपानेले वैदिक आयुर्वेद व्यावसायिक गतिविधिसँगै मानवीय सेवामा समेत निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। विपद्का बेला प्रभावित नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएको उहाँको भनाइ छ।
त्यस्तै, वैदिक आयुर्वेद औषधी उद्योग प्रा.लि.मा कार्यरत सविता न्यौपानेले स्थानीय क्षेत्रमा हुने खेलकुदलगायत सामाजिक तथा मानवीय कार्यमा संस्थाले निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
बाढीपीडितका लागि गरिएको भोजन वितरणले तत्काल खाद्यान्न व्यवस्थापनमा समस्या भोगिरहेका प्रभावित परिवारलाई राहत पुगेको आयोजकले जनाएको छ।
