दुर्गा प्रसाईं फेरि पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्।

साइबर ब्यूरोबाट खटिएको प्रहरीले सोमबार भक्तपुरस्थित प्रसाईँको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सांसद खतिवडाविरुद्ध प्रसाईँले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।

प्रसाईँले खतिवडालाई उनका छोरा रसिक खतिवडाको मृत्युसँग जोडेर विवादास्पद टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन्।

घटनापछि खतिवडाको परिवारबाट प्रसाईँविरुद्ध उजुरी परेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »