करदाता प्रोत्साहन कार्यक्रम : १६ विजेता घोषणा

कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको घोषणा गरिएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एकजना बम्पर गरी १६ जना विजेताको घोषणा गरिएको हो ।

जसअनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् । उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए ।

त्यस्तै अन्य १५ जनाले एक/एक लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »