भारतले भन्यो- नेपालले मागेजति मल र इन्धन दिन्छौं

भारतले भन्यो- नेपालले मागेजति मल र इन्धन दिन्छौं

Facebook
X
Email
Telegram

२४ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध ‘बहुआयामिक’ रहेको बताउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ ।

बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापारिक र रणनीतिक सहकार्य मजबुत रहेको बताए ।

नेपालमा अत्यावश्यक वस्तु आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले दुई देशबीचको आयात-निर्यात प्रक्रिया निरन्तर रहेको जानकारी दिए ।

‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा जुन सहयोग सम्झौता छ, हामीले सोही सम्झौता अनुसार नै इन्धन आपूर्ति गरिरहेका छौं,’ पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा प्रवक्ता जैसवालले भने, ‘यो प्रक्रिया आगामी दिनमा पनि सोही अनुरूप चल्ने छ ।’

नेपालका लागि निकै संवेदनशील मानिएको रासायनिक मलका विषयमा भारतले सकारात्मक धारणा राखेको छ । ‘नेपालमा हामीले जुन रासायनिक मल आपूर्ति गर्नुपर्ने हो, त्यो हामी गर्छौं,’ उनले भने ।

पछिल्लो समय नेपालले भारतसँग रासायनिक मल खरिदका लागि ‘जीटुजी’ (सरकार-सरकार) सम्झौता गरेको छ ।

यस्तै पेट्रोलियम पदार्थका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच दशकौंदेखिको व्यावसायिक सम्बन्ध रहँदै आएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »