
काठमाडौंको गुहेश्वरीमा २५ वर्षीया युवती मृत फेला
Facebook
X
Email
Telegram
४ असार, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा डेरा गरी बस्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा डेरा गरी बस्ने २५ वर्षीया सलनी केसी मृत अवस्थामा भेटिएकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको स्थायी घर भने सिन्धुपाल्चोक हो ।
उनी बिहीबार मृत अवस्थामा भेटिएकी हुन् । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ।

