बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते, घाइतेको उद्धारका लागि हेलिकप्टर पुग्दै

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते, घाइतेको उद्धारका लागि हेलिकप्टर पुग्दै

Facebook
X
Email
Telegram

२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए ।

उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।

‘हामी उद्धारकै कार्यमा छौं । घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ,’ उनले भने ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »