नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२९ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको थियो ।

घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय सयद अफिद रहेका छन् । ट्रक चालक मेगुको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट ढुंगा खस्दा ट्रकमा समेत क्षति पुगेको थियो । ट्रकमा क्षति पुगेका कारण केही समय सडक एकतर्फीमात्र सञ्चालनमा थियो । तर सडकमा खसेको ढुंगा हटाएर अहिले सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »