बालेनले ६ महिनापछि बोलाए कार्यपालिका बैठक, प्रशासकीय अधिकृतसहित भोलि बस्ने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
Facebook
X
Email
Telegram

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक डाकेका छन् ।


स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि मेयरले बैठक डाकेका थिएनन् । कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेको हो ।

सोही प्रकरणमा मेयर साहले अनियमित रूपमा नक्सा पास गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।


यसबीचमा बालेनले गठन गरेका छानबिन समितिले पनि गुरागाईँको गल्ती नदेखाएपछि महानगरमा संवादहीनताको अवस्था बनेको छ । गुरागाईसँग मेयरको इगोका कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन ।

यो बीचमा गुरागाईँको उपस्थितिबिना नै बैठक राख्ने बालेनले प्रयास गरेका थिए । तर, उपमेयर र वडाध्यक्षहरूले प्रशासकीय अधिकृतविनाको बैठक गैरकानूनी हुने भन्दै मेयरमाथि दबाब बढाएका थिए ।

अन्तत: प्रशासकीय अधिकृतसहितकै उपस्थितिमा बैठक राख्न मेयर राजी भएको बताइएको छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »