केवल ३० सेकेण्ड काम गरेर मासिक ८० हजार डलर कमाउँछिन् यी महिला

केवल ३० सेकेण्ड काम गरेर मासिक ८० हजार डलर कमाउँछिन् यी महिला

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

काठमाडौं । अमेरिकाकी एक ४२ वर्षीया महिलाले आफ्नो आवाजबाट हजारौँ डलर कमाईरहेकी छिन् । हली जेन नामकी ती महिलाले कुनै ठूलो व्यवसाय वा जागिर गर्दिनन् । मात्र फोनमा ३० सेकेण्डको आवाज रेकर्ड गरी पठाएर मोटो कमाई गर्दै आएकी छिन् ।

बेलायती फ्यानहरुको बीचमा उनको टेक्सन लवज यतिधेरै लोकप्रिय बनेको छ कि उनको आवाज नै उनका लागि सबैभन्दा ठूलो व्यवसाय बनेको छ ।

न्युयोर्क पोस्टका अनुसार ती महिला सामान्य अमेरिकी परिवारकी हुन् । उनी विभिन्न प्लाटफर्ममा कन्टेन्ट क्रियटरको रुपमा काम गर्दछिन् ।

अमेरिकाको टेक्सासका मानिसले बोल्ने जस्तै प्रकारको उनको नरम अंग्रेजी लवजलाई जेनले आफ्नो लोकप्रिय व्यवसाय बनाएकी छिन् ।

उनी भन्छिन्, ‘मानिसहरु मलाई कम आँक्दछन् । तर यो मेरो लागि फाइदाजनक रहेको छ ।अहिले केवल मेरो आवाज बाटै मैले मेरा सारा खर्चको रकम जुटाउने गरेकी छिु । मलाई त के अचम्म लाग्छ भने मेरो यति सामान्य आवाज नै मेरो सफलताको ठूलो हिस्सा बनेको छ।’

सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा जेनका फलोअर्सको संख्या १६ लाख भन्दा धेरै छ । आफ्नो आवाजको छोटो रेकर्डिङ अर्थात् भ्वाइस नोट्स पठाएर मात्रै उनले मासिक करीब २० हजार डलर कमाउँछिन्। उनको कूल मासिक आम्दानी करीब ८० हजार डलर छ ।

फ्यानहरुले जेनसँग गुड मर्निङ मेसेज, बाइबलका अनुच्छेदहरु तथा विभिन्न अन्तरंग अभिव्यक्तिका आवाजहरु सुन्न चाहन्छन् र उनका ती आवाज खरी दगर्दछन् ।

अभिवादनको एउटा छोटो आवाजका लागि जेनले करीब २० डलरसम्म शुल्क लिन्छिन् । जबकि अधिक व्यक्तिगत वा विस्तृत रेकर्डिङको मूल्य १ सय डलरसम्म हुन्छ ।

जेन भन्छिन्, ‘मैले कहिल्यैपनि सोँचेकी थिइन कि मेरो लवज यतिधेरै मूल्यवान होला । फ्यानहरु मेरो आवाजको फ्यान छन् र अहिले भ्वाइस नोट्स नै मेरो आम्दानीको ठूलो हिस्सा बनिसकेको छ । मलाई कहिल्यै अनुमान थिएन कि बेलायतमा बस्ने मानिसहरुले मेरो आवाजलाई यस्तो मन पराउनेछन् ।’

जेनका अनुसार उनले हरेक दिन ६ देखि ८ वटासम्म भ्वाइस नोट पठाउँछिन्। केवल ३० सेकेण्ड भ्वाइस रेकर्ड गरेर यतिधेरै पैसा कमाउन सकिन्छ भन्ने कुरा आफैले विश्वास गर्न नसकिरहेको उनको भनाई छ ।    एजेन्सीको सहयोगमा



 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »