संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी

संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न लागिएको हो । कांग्रेसक एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ ।

कार्यदलमा २÷३ दिनमा घोषणा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । पौडेलले भने, ‘कार्यदल २/३ दिनमा घोषणा हुन्छ । एक जना संयोजक बन्नुहुन्छ । कार्यदलमा रहने समिति सदस्य आवश्यकता र औचित्यताको आधारमा ५/७ जना बन्नुहुन्छ ।’

नेता सिटौलाले पार्टीले निर्णय गरे जिम्मेवारीमा बस्ने अनलाइनखबरसँगको कुराकानीनमा बताएका थिए । सिटौलाले संवादका क्रममा भनेका थिए,‘छलफल भएपछि मात्रै मेरो इच्छाले हुने÷नहुने कुरा हो । जिम्मेवारी पाएमा नबस्ने भन्ने कुरा पनि भएन ।’

हामी मात्रै गर्छौं भन्यो भने एजेन्डा राख्न विधेयक ल्याउन हुन्छ । तर, तर पारित हुँदैन । त्यस्तो बाटोमा देशलाई हिँडाउन हुँदैन । संशोधन जहाँ आवश्यक छ, त्यसको बारेमा सहमति जुटाएर अगाडि जाने प्रयास गरौं भन्ने हो ।

संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय पार्टीले गरेको थियो । कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ । साथै, कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा समेत छलफल चलाउने जिम्मेवारी प्राप्त गर्नेछ ।

कांग्रेस–एमाले वीचमा सरकार बनाउने सहमति हुँदा संविधान संशोधनको एजेण्डा राखिएको थियो ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »