नवलपरासी कांग्रेसमा दुई धार : केन्द्रले खनाल निकाल्यो, जिल्लाले कँडेल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
Facebook
X
Email
Telegram

२७ असार, बुटवल । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो ।

खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको प्रतिक्रिया स्वरूप जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको हो । कँडेल पूर्वगृह राज्यमन्त्री समेत हुन् ।

अनुशासन आयोगमा खनालमाथि कारबाहीको सिफारिस गर्न कँडेलले अगुवाइ गरेको आरोप जिल्ला समितिको छ ।

खनाललाई भने आयोगले एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

जिल्ला अनुशासन समितिले कँडेललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रवक्ता राधेश्याम पाठकले बताए ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »