सुनको भाउ फेरि कीर्तिमानी उचाइमा

सुनको भाउ फेरि कीर्तिमानी उचाइमा

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने
Facebook
X
Email
Telegram

१२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै उच्च भाउ हो । ८ असोजमा सुनको भाउले २ लाख २३ हजारको आँकडा छोएको थियो । त्यसपछि केही घटेको सुनले आज अर्को कीर्तिमान बनाएको हो ।

शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड भाउ हो । शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।


 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »