चौरमै बस्यो मधेश प्रदेशसभा बैठक

चौरमै बस्यो मधेश प्रदेशसभा बैठक

Facebook
X
Email
Telegram

२९ कात्तिक, जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् ।

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए ।

उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको हो ।

यसअघि सात दलका प्रदेश सांसदहरू एक घण्टा जति प्रदेश सभा भवनको अगाडि प्राङ्गणमा बसेका थिए।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »