स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको सुझाव

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

१६ साउन, काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ उनको तर्क छ ।

कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भाबी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने उनको भनाइ छ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको उनले बताए ।

‘हामी स्वस्थ रहने हो भने, एक छाकमात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गरौं । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भाबी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ,’ उनले भने ।

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए ।

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

एकवर्षभित्र राजीनामा गर्ने गरी लामाले बानियाँसँग सहमति गरेको एक पक्षको दाबी छ । त्यस अनुरूपमा लामाले पद नछोडेपछि अविश्वासको प्रस्ताव ल्याइएको उनीसँग असन्तुष्ट पक्षको भनाइ छ ।

संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए । कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व लामाले गरेका छन् ।

बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »