रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

Facebook
X
Email
Telegram

काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ ।

एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आइतबार दिउँसो आफ्नै घरको भर्‍याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।

इन्टरनेटको वायर गाँसेर खनियाले पासो लगाएको प्रहरीको भनाइ छ । पत्नी र छोरी घर बाहिर निस्किएको बेला उक्त घटना भएकव हो । तर, घटनास्थलबाट हालसम्म कुनै सुसाइडनोट फेला परेको छैन ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »