रौतहटमा परिवारकै सदस्यले गरे महिलाको हत्या

रौतहटमा परिवारकै सदस्यले गरे महिलाको हत्या

Facebook
X
Email
Telegram

९ मंसिर, रौतहट। रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले एक महिलाको हत्या गरेको घटना बाहिरिएको छ।

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो।

मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन् । साथै उनीहरू खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए।

यता, वृन्दावन–९ का वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवा पर्दछ। गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखेको उनीमाथि आरोप छ ।

तत्पश्चात् दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो। दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए।

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकैबेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भएको खातुनका भाइ शेख आस मोहम्मदले आप लगाए । उनले भने, ‘मलाई दिदीको परिवारले हल्ला गरेमा तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिनुभयो। मैले पछि फोटो खिचेर त्यहाँबाट जसोतसो निस्किएर भागे। प्रमाणस्वरूप माइतीलाई तस्वीर पठाएको छु।’

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ। घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »