रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Facebook
X
Email
Telegram

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । सभापति रवि लामिछानेको निर्देशन अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी गराएका छन् ।

त्यसअघि रास्वपा सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल हुने बताइएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »