बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै थिए, दिउँसो बागमतीमा मृत भेटिए

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै थिए, दिउँसो बागमतीमा मृत भेटिए

Facebook
X
Email
Telegram

१८ वैशाख, काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकैको बागमती खोलामा दिउँसो एक व्यक्ति मृत भेटिए । प्रहरीका अनुसार अन्दाजी ५५/६० वर्षका पुरुष व्यक्ति मृत भेटिएका हुन् ।

उनी खोटाङ घर भई बल्खु क्षेत्रमा बस्दै आएका इन्द्रबहादुर राई रहेको बताइएको छ । परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए ।

बिहान त्यसो भनेर निस्केका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छिन् ।

यसबारे प्रहरीले भने बुझ्ने काम भइरहेको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौैंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार इन्द्रबहादुरको परिवार पनि बल्खुको सुकुमवासी बस्तीमा बस्थ्यो ।

तर इन्द्रबहादुुर प्रहरीको सर्म्पकमा नहुने, कहिले कता बस्ने कहिले बस्ने गरेको बताउँछन् ।

‘परिवार बल्खुको सुकुमवासी बस्तीमा बस्ने रहेछ । उहाँ (इन्द्रबहादुर) भने परिवारको सम्पर्कमा नहुने भन्ने बुझिएको छ । उहाँ बस्ने ठाउँको पनि ठेगान नरहेको भन्ने सुनेका छौं । बाँकी विस्तृत बुझ्ने काम हुँदैछ,’ एसपी भट्टराईले भने ।

यता श्रीमती सरिताले भने बिहान मात्रै घरबाट निस्केको बताएकी छिन् ।

‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएको बताइएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »