सरकार सुशासनको उन्नत अभ्यास गर्दैछ, जनताले महसुश गरिरहेका छन्: रास्वपा

सरकार सुशासनको उन्नत अभ्यास गर्दैछ, जनताले महसुश गरिरहेका छन्: रास्वपा

Facebook
X
Email
Telegram

२९ वैशाख, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गरेका छन्।

प्रतिपक्ष दलहरूले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिवद्धतामा आशंका उत्पन्न भइरहेको भन्दै आलोचना गरिरहेका बेला उनले यस्तो दाबी गरेका हुन्।

उपनेता पराजुलीले निर्वाचनको बेला पार्टीले जनताको माझमा राखेको वाचा पत्रमा सुशासन कायम गरेर अघि बढ्ने भनेको र सरकारले सो काम शुरु गरिरहेको जिकिर पनि गरे।

उनले दलका कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा शिक्षा क्षेत्रलाई संचालन गर्ने कुरा मान्य नहुने उल्लेख गर्दै सबै क्षेत्रबाट दलीयकरण गर्ने कुरालाई उन्मुक्ति दिने सरकारको अभियान रहेको पनि बताए।

उपनेता पराजुलीले भने,‘पाँच बुँदे करारनामामा हामीले एक नम्बरमा भनेका छौँ–सुशासन। र सुशासनको जगमा उभिँदैगर्दा यहाँहरूले स्थापना गरेको यो व्यवस्थामा नै रहेर यो व्यवस्थाको उन्नत अभ्यास गरेर सुशासन कायम गर्छौं भनेर वाचा गरेका थियौँ, त्यसको अभ्यास सरकारले गरिरहेको कुरा यहाँहरूले अनुभूति गरिसक्नुभएको छ।’

उपनेता पराजुलीले सुशासन र सेवा प्रवाहका सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त राख्ने पनि बताए।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »