
स्वर्णिमलाई अमरेशको कटाक्ष : बजेट फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन
Facebook
X
Email
Telegram
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन् । उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोडएको टिप्पणी गरेका हुन् ।
उनले बूढानीलकण्ठ विद्यालयमा पढेका अर्थमन्त्रीले संविधानले दिएको स्वास्थ्य र शिक्षाको हक पाउने नागरिकमाथि कर थोपरेको भन्दै आपत्ति जनाए ।

