पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा खुल्यो

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा खुल्यो

Facebook
X
Email
Telegram

१८ असार, काठमाडौं । बिहान सुख्खा पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । जलबिरेमा खसेको पहिरो डोजरले हटाएपछि भर्खरै दुवैतर्फको सडक सुचारू भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

यसअघि पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यमा अगाडि बढेका छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »