बैतडीको पुर्चौडी–ढोल्यामोड सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

बैतडीको पुर्चौडी–ढोल्यामोड सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

Facebook
X
Email
Telegram

७ साउन, बैतडी । बैतडीको पुर्चौडी–ढोल्यामोड सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

आज अपरान्ह करिब ३ बजे पुर्चौडी नगरपालिका–७ स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएसँगै पुर्चौडीबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यात्रुहरूबीच बाटोमै रोकिएका छन् भने आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

पुर्चौडी नगरपालिकाका प्रमुख दीपक बमका अनुसार पहिरो पन्छाउन स्थानीय निर्माण व्यवसायी हेमन्त बडुको जेसीबी मेसिन परिचालन गरिएको छ । नगरपालिकाको आफ्नै मेसिनमा सामान्य प्राविधिक समस्या देखिएकाले तत्काल स्थानीय व्यवसायीको जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

यद्यपि, पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको नगर प्रमुख बमले जानकारी दिए ।

सुरक्षित रूपमा पहिरो हटाउने कार्य जारी रहेकाले आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक व्यवस्था गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »