माइतीघरमा संयुक्त विद्यार्थी संगठनको सद्‌भाव र्‍याली

माइतीघरमा संयुक्त विद्यार्थी संगठनको सद्‌भाव र्‍याली

Facebook
X
Email
Telegram

१५ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशमा उत्पन्न परिस्थितिबीच संयुक्त विद्यार्थी संगठनहरूले काठमाडौंमा सद्‌भाव र्‍याली निकालेका छन् ।

माइतीघर मण्डलामा विद्यार्थीहरूले ‘हातेमालो गरौं, देश बनाऔं’ भन्ने नारासहित सद्भाव र्‍याली आयोजना गरेका हुन् ।

उनीहरूले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘हिन्दु–मुस्लिम दाजुभाई कोही छैन पराई’, ‘जनता मरिरहेका छन्, सरकार चुपचाप छ’, लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

साथै, सद्भाव र्‍यालीमार्फत देशभर हिंसा सिर्जना नगर्न र राष्ट्रिय एकता कायम गर्न उनीहरूले अपिल गरेका हुन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »