भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु

भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु

Facebook
X
Email
Telegram

६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।

बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।

बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »