बालेनले राजा ल्याउँछ भनेर राप्रपाको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

बालेनले राजा ल्याउँछ भनेर राप्रपाको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन

Facebook
X
Email
Telegram

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको भोटमा राजा ल्याउनुपर्छ भन्नेहरूको पनि मत रहेको टिप्पणी गरेका छन् ।

चितवनमा आयोजित रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्नो भोटरहरूले रास्वपालाई भोट दिएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’

रास्वपालाई विशिष्ट जिम्मेवारी रहेको भन्दै उनले भने, ‘त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ । जनताको यो चाहनालाई सम्बोधन गर्नुपर्नेछ ।’

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »