रास्वपा महाधिवेशनमा अमरेशकुमार सिंह अनुपस्थित

रास्वपा महाधिवेशनमा अमरेशकुमार सिंह अनुपस्थित

Facebook
X
Email
Telegram

७ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । अहिले भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र जारी छ ।

उद्घाटन सत्रमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका शीर्ष नेता, प्रतिनिधि एवं शुभेच्छुकहरू सहभागी भएका छन् ।

पार्टीको निमन्त्रणा स्वीकार गर्दै अन्य दलहरूबाट पनि प्रतिनिधि पुगेका छन् ।

यद्यपि रास्वपाकै नेता डा. अमरेशकुमार सिंह भने महाधिवेशनमा सहभागी भएका छैनन् । उनी उद्घाटन सत्रमा देखिएका छैनन् ।

रास्वपाबाटै सांसद समेत बनेका सिंह पछिल्लो समय पार्टीमा असन्तुष्टी राख्नेमध्येका नेता हुन् । उनले पछिल्लो पटक हिमालय टेलिभिजनको अन्तर्वार्ताका क्रममा सरकारको खुलेर आलोचना गरेका थिए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »