धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी

धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी

Facebook
X
Email
Telegram

२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् ।

सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ ।

ती महिलाको खोजीका लागि अहिले धोबी खोला क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

यद्यपी उनको अवस्थाबारे भने केही पत्ता लागेको छैन ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »