६ लाख घुस रकमसहित चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

६ लाख घुस रकमसहित चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

Facebook
X
Email
Telegram

३१ असार, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका एक जना इन्जिनियर ६ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनलाई अख्तियारको टोलीले झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

अख्तियारका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरढा गरिदिने भन्दै दु:ख र हैरानी दिई घुस/रिसवत मागेका थिए ।

सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »