हिन्दु र मुस्लिम समुदायका अगुवासँग गृहले गर्‍यो छलफल

हिन्दु र मुस्लिम समुदायका अगुवासँग गृहले गर्‍यो छलफल

Facebook
X
Email
Telegram

१९ साउन, काठमाडौं । गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल भएको थियो ।

आजको छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरुको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरुको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।


आजको छलफलमा कुनै निर्णय भने भएको छैन । थप समस्या पहिचान गरेर समाधान गर्ने गरी दुबै समुदायलाई सँगै राखेर पुनः बैठक बस्ने गरी आजको छलफल टुंगिएको बताइएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »