सेतीदोभान दुर्घटना अपडेट : घाइते दुवै जनाको पहिचान खुल्यो

सेतीदोभान दुर्घटना अपडेट : घाइते दुवै जनाको पहिचान खुल्यो

Facebook
X
Email
Telegram

२० साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सेतीदोभानमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र गोर्खाको सिराञ्चोक गाउँपालिका-१ का २० वर्षीय प्रशान्त घिमिरे रहेका छन् । घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन् ।

घाइते दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ६ ख ४०९२ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ट्रकको भने अगाडिको भागमा कुच्चिएर क्षति पुगेको प्रहरीले जनाएको छ ।

ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ३२ वर्षीय राजु बिक प्रहरी नियन्त्रणमा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »