
नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ
Facebook
X
Email
Telegram
२२ साउन, धनगढी । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
उनकाअनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ ।
चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

