Category ताजा समाचार

लोकाहा खोलामा नयाँ पुलबाट यातायात सुचारु

नवलपुरको लोकाहा खोलामाथि रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि नयाँ पुलबाट सवारी आवागमन सञ्चालन गरिएको छ । कावासोती र प्रगतिनगरको बीचमा रहेको पुरानो पुलको मध्यभाग दबिएको जस्तो देखिएपछि सावधानीका लागि उक्त पुलबाट सवारी आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको…

बडादशैंको पहिलो दिन आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गामध्ये पहिलो स्वरूप शैलपुत्रीको पूजा आराधना गरिँदैछ । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको…

तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

तनहुँ । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही ११ असोजको बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने…

रुसी बम आक्रमणमा ३० जनाको मृत्यु

युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क समुदायकै बिलेन्के गाउँमा थप तीनजनाको मृत्यु भएको छ । आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम…

२१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ नागरिकको भएको खुलेको छ। उनीहरूले त्यहाँ घर भाडामै लिएर सुनको कारोबार गर्ने गरेको प्रहरी उच्च स्रोतको दाबी छ। सुनसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।…

भोटेकोसी बाढीपीडितलाई दसैंअघि नै ५० नमुना घर

सरकारले भोटेकोसी बाढीपीडितका लागि दसैंको फूलपातीअघि ५० वटा नमुना घर निर्माण गरी हस्तान्तरण गर्ने भएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारीका अनुसार अस्थायी प्रकृतिका प्रिफ्याब घर निर्माणका लागि अहिले जग्गा सम्याउने काम भइरहेको छ। एक-दुई दिनभित्रै…

दशैंको अग्रिम टिकट बुकिङ खुल्यो

दशैंमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ । टिकट पाउन सहज होस् भन्ने उद्देश्यले युवाहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात…

७० देशका ७८८ जनाले लिए हिमाल आरोहणको अनुमति

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल…

अस्ट्रेलियाद्वारा नेपाललाई थप १५ मिलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ। भेटवार्ताका क्रममा अस्ट्रेलियाले हालैको बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि प्रतिबद्ध गरिएको ११…

रहेनन् बलिउड अभिनेता नाना पाटेकर

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार  उनले गोवामा अन्तिम सास फेरेका हुन्। नाना पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग आफ्नो बुबाको मृत्युको पुष्टि गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार…

Translate »