Category ताजा समाचार

भोलि मनकामना केबलकार सेवा बन्द

मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ। चाडपर्वअघि सेवामा थप सुरक्षा र सहजता सुनिश्चित गर्न नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले…

इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहटको एक इँटा भट्टामा अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ। गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित महम्मद मुजामिल मियाले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतबाट काम गर्न आएका मजदुरहरू अलपत्र परेको सूचना पाएपछि प्रहरीले…

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको पाण्डेले बताए। पार्टीभित्र र बाहिरबाट कांग्रेसको…

बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन्। एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी…

बागलुङमा सडक खन्ने क्रममा ढिस्को खस्दा दुई मजदुरको मृत्यु

बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान करिब ७ः२० बजे निसीखोला गाउँपालिका–३ बोहोरागाउँस्थित झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको हो।…

दसैंमा उपत्यका छाड्ने १० लाखभन्दा बढी

आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढीपहिरोबाट क्षतिग्रस्त सडक, टिकटको कालोबजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।…

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने…

कांग्रेस महाधिवेशन उद्घाटन समारोह सुरू

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह सुरू भएको छ। काठमाडौंको खुला मञ्चमा दिउँसो २ बजेदेखि उद्घाटन समारोह सुरू हुने भनिए पनि केही ढिला गरी कार्यक्रम सुरू भएको छ। उद्घाटन समारोहको कार्यक्रम महामन्त्री प्रदीप पौडेलले सञ्चालन गरेका छन्।  उद्घाटन समारोह सुरू…

बालिका अपहरण आरोपमा युवक प्रहरीको गोली लागेर पक्राउ

रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका– १७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’ लाई प्रहरीले शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ…

महालक्ष्मीको १६ दिने व्रत समापन

भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दरिद्र नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त…

Translate »