नेवानि महाप्रबन्धक नियुक्ति ढिलाइमा प्रधानमन्त्रीले लिइन् पर्यटन सचिवसँग स्पष्टीकरण

नेवानि महाप्रबन्धक नियुक्ति ढिलाइमा प्रधानमन्त्रीले लिइन् पर्यटन सचिवसँग स्पष्टीकरण

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न भइरहेको ढिलाइबारे प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी छिन् ।

पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ । नेवानि महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्रीले सचिव मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् ।

समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने कार्यभार दिइएको थियो । तर, समितिको एउटा पनि बैठक अहिलेसम्म नबसेपछि प्रधानमन्त्रीले सचिव मैनालीसँग स्पष्टीकरण लिएकी हुन् ।

प्रधानमन्त्रीले अर्थ सचिव घनश्याम उपाध्याय समेतको उपस्थितिमा सचिव मैनालीसँग स्पष्टीकरण माग गरेकी हुन् ।

जवाफमा सचिव मैनालीले कार्यविधि बनाएको दाबी गरेका थिए । यसबीच आफू विदेशमा रहेका कारण कामले गति लिन नसकेको जवाफ समेत उनले दिएका थिए ।

उनी नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक कार्यक्रममा केही समय विदेशमा थिए । ‘यसबीचमा एउटा पनि बैठक नराखी कसरी कार्यविधि बनाउनुभयो भन्ने प्रश्न प्रधानमन्त्रीले गर्नुभएको थियो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

प्रधानमन्त्रीले एक जनाका कारण सरकारको पूरै काम कारबाही प्रभावित हुन नहुने समेत बताइन् । जवाफमा सचिव मैनालीले आजै बैठक राखेर बाँकी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरेका थिए ।

अहिले निगम नेतृत्वविहीन छ । जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको भूमिकामा काम गरिरहेका छन् । निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको ७ कात्तिकमा कार्यकाल सकिएको थियोे ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »