
आईपीएलको इलिमिनेटरमा गुजरात र मुम्बई खेल्दै
Facebook
X
Email
Telegram
१६ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै छ। जहाँ एकपटकको विजेता गुजरात टाइटान्सले पाँचपटकको विजेता मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
खेल पञ्जाबको न्यू चण्डीगढमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएको थियो ।













