रौनकको शानदार शतकमा भुटानविरुद्ध नेपालको विशाल योगफल

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
Facebook
X
Email
Telegram

१७ असार, काठमाडौं । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतक मद्दतमा नेपालले एसीसी मेन्स यू(१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू(१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । आजको खेलमा नेपालका २ ओपनर चाँडै आउट भएका थिए । १७ रनमा २ विकेट गुमाएपछि रौनकले शिवांशसँग मिलेर ९१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको साझेदारी गरे । सुगमले ३५ रन बनाए ।

त्यसपछि १८०(४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल यस खेलमा विजयी भएपछि सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »