सभापति लामिछानेको पक्षमा रास्वपाको ऐक्यबद्धता डेस्क

सभापति लामिछानेको पक्षमा रास्वपाको ऐक्यबद्धता डेस्क

माइतीघरमा संयुक्त विद्यार्थी संगठनको सद्‌भाव र्‍याली
Facebook
X
Email
Telegram

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ ।

शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भएर हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।

रास्वपाले पार्टी सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको छ । लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जेलमा छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।



शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जानकारी दिएको छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »