महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : बालेन

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।

३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको मेयर शाहले बताए ।

फिल्ममा देखाइएको काम रियलमा हुनु खुशीको कुरा भएको उनको भनाइ थियो ।

‘सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौं, पुराना पुराना फिल्महरू हेर्दाखेरी त्यसमा न्युओर्क सिटी पुलिस को काम कारबाही हेर्दाखेरी लाग्थ्यो काठमाडौं लगायत देशका विभिन्न पालिकाहरुमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो,’ मेयर शाहले भने, ‘अचेल चाहीँ तपाईहरुको काम हेर्दाखेरी कहिलेकाही सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहीँ खुशीको कुरा हो ।’

काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पतीको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगर प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

‘काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौको एउटा पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ,’ मेयर शाहले भने, ‘तपाईंहरूले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरु अहिलेको वितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरुमा पनि विभिन्न सिटी पुलिस तथा स्थानिय सरकारहरूलाई एउटा सिकाईको रुपमा रहनेछ ।’

महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरुको लागि सिकाइको रूपमा रहने विश्वास पनि उनले व्यक्त गरे ।



 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »