
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
Facebook
X
Email
Telegram
१४ भदौ । निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने गरि प्रतिनिधि सभाबाट पारित भएर अगाडि बढेको प्रावधान राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सदर भएको छ ।
शनिबार एकसरो छलफल भएपछि बैठकमा सभापति तुलसी कुमारी दाहालले भनिन्, ‘कुलिङ अफ पिरियड राखेर जाने निर्णय भयो ।’
यो सैद्धान्तिक सहमतिअनुसार प्रतिवेदन लेखेर पुन एकपटक हेरेर अगाडि बढिने सभापति दाहालले बताइन् ।













