बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

काठमाडौँ, भदौ २४–  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई संयमित हुन आग्रह गरेका छन् । केहीबेर अघि एक फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका हुन् । नले लेखेका छन्ः

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो ।
प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »