जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् ।

उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् ।

‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’

उनले प्रधानसेनापतिसमक्ष वार्ताका लागि नभइ आफ्नो मागहरु तयार गर्न समय चाहिन्छ भन्नलाई पुगेको बताएकी छन् ।

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारी प्रतिनिधिहरु मिलेर एउटै दस्तावेजमा काम गर्नेछौं,’ उनले भनिन्, ‘हामी सबै एकैठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र बाहिरिएका थियौं ।’

जेनजीका मागहरु, राज्यको आगामी बाटो जानजीले तयार गर्नुपर्छ भन्ने आफूहरूको मुख्य अडान रहेको उनले भनेकी छन् । अहिले जंगीअड्डामा जेनजी प्रतिनिधिहरु छलफलमा छन् ।

 

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »