तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

९ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ ।

बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि नारायणगढ तर्फ २ र मुग्लिन तर्फ ३ गरी ५ वटा उपकरणहरू प्रयोग भएका छन् । साथै दुवैतर्फ १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फ ५ वटा उपकरणले मात्रै पहिरो हटाउने काम भइरहेको हो ।

नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरू भेटिएका कारण पहिरो पन्छाउन केही कठिनाइ भएता पनि प्रयोग भएका उपकरणले पूर्ण क्षमतामा काम गरिरहेको छ ।

सडकमाथिबाट खसेको पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाका कारण उपकरणका टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेको सडक डिभिजनको भनाइ छ । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर झिकाइएर कामलाई निरन्तरता दिइएको छ ।

काममा कुनै बाधा आइनपरे सम्भवतः आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा सडक डिभिजन भरतपुरको छ ।


 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »