हाइनाको बथान देखिएको हल्लाले मोरङको रंगेली क्षेत्रमा त्रास

हाइनाको बथान देखिएको हल्लाले मोरङको रंगेली क्षेत्रमा त्रास

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२३ कात्तिक, विराटनगर । हिंस्रक जनवार हुँडार (हाइना) देखिएको हल्ला चलेपछि मोरङको रंगेली क्षेत्रमा त्रास बढेको छ । शनिबार राति हुँडार देखिएको भन्दै रंगेली नगरपालिका– ६ को एउटा टोलमा स्थानीयको भागाभाग भएको थियो । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भइरहेको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार एकसाता यता हाइना देखिएको हल्ला छ । वन कार्यालयमा सूचना आएपछि उद्दारका लागि टोली परिचालन गर्दा हाइना नभेटिएको उनले बताए । उनका अनुसार हाइना देख्ने व्यक्तिसँग सोधपुछ गरी उद्दारका लागि पुगेको टोली फर्किएको थियो ।

वन कार्यालयमा चितुवा भेटिएको हल्ला आएको थियो । चितुवाको हल्ला चलेपछि डिभिजन वन कार्यालयले कोशी टप्पु वन्यजन्तु आरक्षबाट उद्दार टोली बोलाएको थियो ।

‘तीन दिनअघि देख्ने मान्छेको कुरा सुन्दा हुँडार भन्ने बुझियो, तर हाम्रो टोलीले हाइना भेटेन,’ उनले भने,  ‘हामीले प्रत्यक्ष चाहिँ देखेका छैनौं, तर, स्थानीयले देखेको बताएपछि सतर्कता अपनाएका छौं ।’

रंगेली नगरपालिका- ५ का अध्यक्ष महान्द मण्डलका अनुसार शनिबार राति हाइनाको हुल देखिएको खबर आएको थियो । स्थानीयले देखेपछि खबर गरेको उनले बताए ।

शनिबार राति रंगेली नगरपालिका– ५ मा हाइना देखिएको हल्ला चलेपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली पनि खटिएको थियो । तर, हाइना नदेखिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

इप्रका रंगेलीका इन्चार्ज नरेन्द्रकुमार बोगटीका अनुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको हाइनाको बथानको फोटो र‌गेलीको होइन् । ‘यो फोटो भारतको सीमावर्ती सडकमा खिचिएको रहेछ,’ उनले भने,‘ हाइना देखिएको हल्ला छ, एक जना घाइते भए भन्ने पनि हल्ला छ, तर हामीले भेटेका छैनौं ।’

नेपालको पश्चिम क्षेत्रमा हाइना देखिएको रेकर्ड भए पनि पूर्वी क्षेत्रमा हाइना देखिएको रेकर्ड छैन । नेपालमा हाइना लोपोन्मुख जनावरको सूची छ ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »