आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह

आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका थिए । त्यसक्रममा सरकारको कामको चर्चा गर्दै सरकारको प्राथमिकता सुशासन रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सरकारको प्राथमिकता सुशासन रहेको बताइरहँदा स्वयमको र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक हुन नसकेको भनेर रास्वपाकी सांसद कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

 

उनले भनेकी छन्, ‘सुशासनको भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण, सम्पति जाँच गर्नु र मन्त्रीहरूको सम्पति सार्वजनिक गर्नुहोस् । देशमा सुशासनको यथार्थको के अवस्था छ बुझ्नुस् ।’

 

 

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »